घ्याङ्लेखमा जनचेतनामूलक कचहरी नाटक सम्पन्न

सिन्धुली, २०८२ जेठ १९ गते। आज नेपालभर सार्वजनिक यातायात बन्द रहेको प्रतिकूल अवस्थामा समेत सिन्धुलीको घ्याङ्लेख गाउँपालिका, हायुटारमा जनचेतनामूलक कचहरी नाटक प्रदर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कलाघर सिन्धुलीको आयोजना तथा मेरीस्टोप्स इन्टरनेशनल, सुनौलो परिवार नेपाल र OCMC को सहयोगमा सम्पन्न नाटकले कलाकारहरूमार्फत जीवन्त सामाजिक समस्याहरूलाई प्रस्तुत गर्दै दर्शकहरूलाई ‘समस्यामा के हेरेर बस्ने हो त?’ […]