सिन्धुली । गोलन्जोर गाउँपालिका–५ अन्तर्गत बिपि राजमार्गको खनियाखर्कदेखि हिर्दिङसम्मको करिब ९ किलोमिटर सडकखण्डमा ३७ भन्दा बढी साना–ठूला पहिरो गएपछि स्थानीयवासीको दैनिक आवागमन ठप्पजस्तै भएको छ।
सडक अवरुद्ध भएपछि स्थानीय पीडित र समाजसेवीहरूले आफैं गल, काेदालाे गैची बोकेर हातैले खन्दै मोटरसाइकल र साना सवारी साधन चल्ने गरी बाटो खुलाउने प्रयास गरेका छन्। राज्यको जिम्मेवारी आफैंले पूरा गर्नुपर्ने बाध्यता सिर्जना भएपछि उनीहरू आक्रोशित बनेका छन्।
जनताले पटक–पटक जनप्रतिनिधिलाई गुहार्दा पनि आश्वासन र बहानाबाहेक केही नपाएको स्थानीयको गुनासो छ। जनताको दुःखलाई समस्या नै नठान्ने, जिम्मेवारीबाट पन्छिने यस्ता जनप्रतिनिधिको मौनताले थप निराशा छाएको छ।
जेन्जी आन्दोलनजस्ता चेतनाका लहरहरू चले पनि अझै सुधार नआएको जनप्रतिनिधिको प्रवृत्तिप्रति असन्तुष्टि बढ्दै गएको छ। स्थानीयवासीहरू भन्छन् – “अब समस्या बोलेर होइन, जनप्रतिनिधिलाई जवाफ दिएर समाधान खोज्ने समय आएको छ ।