नेपाल लेखामान वोर्डले जारि गरेको लघु निकायका लागि लेखामान र साना तथा मझौला निकायको लागि नेपाल वित्तिय प्रतिवेदन मान सम्बन्धी ३ दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न भएक छ ।
कर सहयोगि श्रमिक संगठन जिल्ला समन्वय समिति सिन्धुलीको आयोजनामा भएको सो कार्यक्रममा १० जना करसहयोगीहरुको सहभागिता रहेको थियो ।
नेपाल लेखामान वोर्डले जारि गरेको लघु निकायका लागि लेखामान र साना तथा मझौला निकायको लागि नेपाल वित्तिय प्रतिवेदनमा अग्रसर गराउने उद्देश्यले तालिमको आयोजना गरीएको हो ।
कर सहयोगि श्रमिक संगठन जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष सिकेन्द्र यादवको अध्यक्षता तथा कर अधिकृत अर्जुन पौडेलको प्रमुख आतिथ्यतमा कार्यक्रम गरिएको थियो । कर सहयोगि श्रमिक संगठन जिल्ला समन्वय समिति सिन्धुलीका सहयोगि शंकर प्रसाद चौलागाइले सो कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै कर अधिकृत अर्जुन पौडेले यस्ता कार्यक्रमहरु समय समयमा गर्न आश्यकता भएको बताउनुभयो ।