फेसबुकले ६ महिनामै बन्द गर्यो १ करोड फेक अकाउन्ट

सोसल मिडिया प्लाटफर्म फेसबुकले १ करोड नक्कली अकाउन्टहरुलाई ब्लक गरिदिएको छ। फेसबुकको मातृ कम्पनी मेटाका अनुसार सन् २०२५ को पहिलो ६ महिनामा उक्त संख्याका फेसबुक अकाउन्ट बन्द गरिएको हो।  ती अकाउन्टहरूले गोप्य रूपमा दोहोरो प्रोफाइल चलाउँदै फेसबुकको एल्गोरिदम तथा फेसबुकका आम प्रयोगकर्ता अर्थात अडियन्सको संख्याको फाइदा उठाउने प्रयास गरेका मेटाले जनाएको छ। मेटाले त्यसलाई “Spammy Content” को नाम दिएको छ ।

__________ बिज्ञापन____________

कम्पनीका अनुसार फेसबुक फीडलाई थप विश्वसनीय, सामयिक, स्वच्छ तथा प्रामाणिक बनाउनका लागि यस्तो कदम उठाइएको हो । सोसल मिडियामा एआई सिर्जित सामग्रीहरुको प्रभाव तीव्र रुपमा बढिरहेको बेला मेटाको यस्तो कदमलाई महत्वपूर्ण रुपमा हेरिएको छ । यसअघि युट्युबले पनि आफ्नो मनिटाइजेसन नीतिमा परिवर्तन गर्दै एआई सिर्जित तथा डुप्लिकेट सामग्रीहरुलाई मनिटाइज नगर्ने निर्णय गरिसकेको छ ।

मेटाका अनुसार ब्लक गरिएका ती लाखौं फेक अकाउन्टहरूले  फेसबुकका कन्टेन्ट क्रिएटरहरुका प्रोफाइलहरुका नक्कली प्रोफाइल बनाइरहेका थिए । फेसबुकको एल्गोरिदमको फाइदा उठाउने प्रयास ती अकाउन्टहरुले गरेका थिए। मेटाले उठाएको यो कडा कदम फेक अकाउन्ट र स्पाम गतिविधिहरूको नियन्त्रण गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

मूल अर्थात ओरिजिनल सामग्रीलाई मेटाको बढावा

मेटाले ओरिजिनल सामाग्री निर्माण गर्ने प्रयोगकर्तालाई प्रोत्साहन दिने नयाँ नीति सार्वजनिक गरेको छ। विशेष गरी अलग्गै प्रकारका तस्वीर र भिडियो निर्माण गर्ने सर्जकलाई अब कम्पनीले पुरस्कृत गर्नेछ। कम्पनीको उद्देश्य प्लेटफर्ममा उच्च गुणस्तरको र वास्तविक तथा सत्य सामग्रीलाई प्रमुखता दिनु हो। यसका लागि मेटाले नक्कली अर्थात कपी गरिएका सामाग्रीको पहिचान र त्यसको दायरा घटाउन नयाँ प्रविधिको प्रयोग गर्ने योजना बनाएको छ।

कम्पनीका अनुसारयस कदमको मुख्य उद्देश्य फेसबुकमा असली र सिर्जनशील सामाग्रीलाई प्रोत्साहन गर्नु हो।  जसले गर्दा प्रयोगकर्ताहरूको अनुभव अझै राम्रो र विश्वसनीय बन्ने मेटाको विश्वास छ।

एआई र भविष्यका योजनामा मेटाको ध्यान

मेटा को पछिल्लो कदम एउटा यस्तो विशेष क्षणमा आएको होजतिबेला उसले एआई पूर्वाधारमा  ठूलो लगानी गर्दैछ। सिइओ  मार्क जुकरबर्गले आगामी वर्ष आफ्नो पहिलो एआई  सुपर क्लस्टर सुरु गर्नको लागि मोटो रकम रकम खर्च गर्ने योजना कम्पनीले बनाइरहेको जानकारी दिएका छन्।  उक्त सुपर इन्टेलिजेन्सले कम्पनीलाई भविष्यमा अझ शक्तिशाली एआई मोडेलहरूको निर्माण र प्रयोगमा सक्षम बनाउनेछ।

जकरबर्ग भन्छनः हाम्रो उद्देश्य एआई  र सुपर कम्प्युटिङका क्षेत्रहरूमा अग्रणी बन्नु हो। हामी यसका लागि स्रोत र समयको ठूलो लगानी गर्नेछौंजसले कम्पनीलाई नयाँ सम्भावनाहरूको ढोका खोल्नेछ।

साभार : अनलाइन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते