सिन्धुलिको सुनकोशी गाउँपालिका वडा नं २ स्थित एक मात्र माध्यमिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालयले बिद्यार्थी हरुलाइ छात्रवृत्ति बितरण गरेको छ । उप्त्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका तथा आर्थिक रूपमा विपन्न जेहेन्दार विद्यार्थीहरूलाई छात्रावृत्ति वितरण गरिएको हो ।

२०८१ सालको माध्यमिक शिक्षा परिक्षा एसईईमा सहभागी भई उत्कृष्ठ अङ्क प्राप्त गर्ने प्रविना थापालाई रू. ५०,००० र सुजन सुनुवारलाई रू.२३,००० छात्रावृत्तिको रूपमा प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।
त्यस्तै, शिक्षा क्षेत्रमा आगामी प्रगति र उन्नतिका शुभकामना दिँदै आमा-बुबा विहिन १७ जना जेहेन्दार विद्यार्थीलाई प्रतिव्यक्ति रू. ३,५०० र ३ जनालाई प्रतिव्यक्ति रू.१,००० का दरले छात्रावृत्ति वितरण गरिएको छ।
छात्रवृत्ति वितरण कार्यक्रमको अवसरमा सुनकोसी गाउपालिका २ का वडा अध्यक्ष जीवन बुर्जाले यस्तो किसिमको प्रोत्साहनले विद्यार्थीहरूको आत्मबल बढ्ने र उनीहरूलाई अझ परिश्रमी बन्न प्रेरणा दिने बताउनुभएको छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको हौसला बढाउँको साथै समाजमा सकारात्मक सन्देश दिने उहाको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको शैक्षिक प्रगति र आत्मबल अभिवृद्धिमा यस्तो छात्रवृत्तिले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ ।