समुदायमा आधारित पुनस्र्थापना ( सी बी आर) , अपाङ्गता व्यवस्थापन तथा सहायक सामग्री वितरण कार्यक्रम कमलामाई नगरपालिका ६ धुराबजारमा सम्पन्न भएको छ । कार्यक्रम कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कमलामाई नगरपलिकाको सहकार्य, सिन्धुली अपाङ्ग संघ सिन्धुलीको समन्वय तथा अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजनामा गरिएको हो ।
कार्यक्रमलाई सम्बोदन गर्दै कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटाले
अपाङ्गता विभिन्न दुर्घटना तथा जन्मजात नै हुने प्राकृतिक समस्या रहेको साथै स्थानिय सरकार अपाङ्गता भएको व्यक्तिहरुको अभिभावक बन्नु पर्नेमा जोड दिनु भएको छ । घरदैलो कार्यक्रम गरेर अपाङ्गता परिचय पत्र वितरण, अपाङ्गता घुम्ती शिविर सञ्चालन, पठनपाठनको लागि पनि सहयोग गर्दै आएको समेत बताउनु बताउनु भयो ।
कमलामाई नगरपालिकाले ५ लाख र अपाङ्ग सरोकार केन्द्र, मकवानपुरले १ लाख २० हजार सहयोग गरी जम्मा ६ लाख २० हजार बराबरको १९ जना अपाङ्गता भएको व्यक्तिहरुलाई सहायक सामग्री उपप्रमुख मञ्जु देवकोटाले वितरण गरिएको छ । ३ जनालाई कृतिम खुट्टा, २ जनालाई ह्विलचियर, ६ जनालाई सेतो छडी, २ जनालाई कालो छडी, ४ जनालाई बैसाखी र २ जनालाई कृतिम हात वितरण गरिएको हो ।
कार्यक्रममा उपप्रमुख मञ्जु देवकोटा, सिन्धुली अपाङ्ग सघंसिन्धुलीका अध्यक्ष बबिता थापा , नेपाल पत्रकार महासघं बगमति प्रदेश उपाध्यक्ष बिमला पाण्डे, समाजकल्याण शाखा प्रमुख इन्दीरा कुमारी थापा, कमलामाई नगरपालिका वडा नं २,३,४,५,८ र १० का वडाअध्यक्षहरु, अपाङ्ग सरोकार केन्द्र, मकवानपुरका कर्मचारीहरु, अपाङ्गता भएका व्यक्तिहरु लगायतको उपस्थिति रहेको थियो ।