बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ । काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार सिन्धुलीको मुल्कोटमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिनुभयो । बाढी र पहिरोको सम्भावित जोखिमका कारण भोलि अर्थात् शनिबार देखि पहिलो चरणमा साँझ साढे ६ बजे देखि बिहान ५ बजेसम्म यात्रु गाडी चलाउन रोक लगाउने निर्णय भएको जानकारी दिनु भयो ।
काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड जोखिमयुक्त भएकाले सार्वजनिक तथा निजी यात्रुवाहक गाडी सञ्चालन रोकिएको हो। सुरक्षा निकायले सहकार्य र समन्वयमार्फत यात्रुलाई सुरक्षित यात्रा गराउन सबै आवश्यक उपाय अपनाइने जनाएको छ ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गरी यो निर्णयको औपचारिक जानकारी दिने तयारी गरेका छन्। गत असोजमा गएको बाढीपहिरोले उक्त राजमार्गमा क्षति भएको थियो