जन्म दिनकाे अवसरमा भीमज्याेति क्याम्पस खुर्काेटसिन्धुलका एकाई सभापति तथा युवा व्यवसायी अन्जन दाहालले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
गर्नु भएको छ।जन्म दिनको अवसर पारेर आज बुधवार दाहालले दुई विद्यालयमा गरी १७० जना विद्यार्थीहरुलाई कापि र कलम वितरण गर्नु भएको हो।
कापी र कलम काैशिका मा वि ग्वालटारका १-५ कक्षा सम्मका ७० जान विद्यार्थीलाई र प्रभात आधारभुत विद्यालय वशेश्वर का कक्षा १ देखि ८ सम्मका १०० जना विद्यार्थी लाई कापि कलम वितरण गरिएको हो ।
साथै २४ जना शिक्षकलाई शिक्षक डायरि समेत वितरण गरिएको छ।
भिजिटर संख्या : 141