सिन्धुली, जेठ १८, २०८२ आइतबार । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको शनिबार सम्पन्न ८ औं साधारण सभाबाट अध्यक्षमा युवराज श्रेष्ठलाई चयन गरिएको हो । राजन कुमार श्रेष्ठको अध्यक्षता तथा नेवा देय दवुका अध्यक्ष पवित्रमान बज्रचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम बाट युवराज श्रेष्ठको अध्यक्षतामा १५ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
त्यस्तै सिन्धुली श्रेष्ठ समाज काठमाण्डौंको वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ, उपाध्यक्षमा ललित बहादुर श्रेष्ठ, निर्मला श्रेष्ठ, सचिवमा उज्जवल श्रेष्ठ, कोषाध्यक्षमा वासुदेव श्रेष्ठ, सह सचिवमा सुरेशमान श्रेष्ठ र डा. नवराज श्रेष्ठ सहित अन्य सदस्यमा चयन हुनुभएको छ ।
अध्यक्षमा चयन हुनुभएको युवाराज श्रेष्ठ सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा जन्मनुभई हाल काठमाण्डौमा बसेर बिभिन्न ब्यवसायहरु संचालन गर्दै आउनुभएको छ । उहाँ होटल संघ नेपाल (हान) को कोषाध्यक्ष समेत रहनुभएको छ ।
सिन्धुली श्रेष्ठ समाज काठमाण्डौले श्रेष्ठ बन्दुधरुहलाई समेट्ने, सिन्धुली जिल्ला घर भइ काठमाण्डौमा पढ्दै आएकाहरुलाई समस्या पर्दा सहयोग गर्दै आइरहेको छ । त्यस्तै आखाँ शिविर, रंक्तदान कार्यक्रम गर्नुका साथै नेवार सांस्कृत जोगाउन बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।