सिन्धुली । कमलामाई नगर खेलकुद विकास समितिको आयोजनामा दोस्रो सहिद स्मृति कप अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता आज सुरु भएको छ।
प्रतियोगितामा समितिका अध्यक्ष लोक विक्रम थापाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल प्रमुखकाे प्रमुख अतिथिमा सुरु भएको हाे।
प्रमुख अतिथि नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलले विभिन्न पालिकाबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने र युवाहरूलाई सकारात्मक मार्गमा अगाडि बढ्न प्रेरित गर्ने बताउनुभयो।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा सुनकोशी गाउँपालिकाका उपप्रमुख, कमलामाई नगरपालिका शिक्षा शाखाका प्रमुख, तीनपाटन गाउँपालिका खेलकुद समितिका अध्यक्ष लगायत विभिन्न पालिकाबाट खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
भिजिटर संख्या : 338