अनेरास्ववियु सिन्धुलीले शैक्षिक सामग्री वितरण गरी ६१ औँ स्थापना दिवस मनाइयो

सिन्धुली । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीले आफ्नो ६१औँ स्थापना दिवसको अवसर पारेर शैक्षिक सामग्री वितरण गरेको छ।

__________ बिज्ञापन____________

NEW SB ELECTRONIC

कमलामाई नगरपालिका वडा नम्बर ११ स्थित प्राथमिक विद्यालय फाल्चुरी खट्टारमा अध्ययनरत ३८ जना विद्यार्थीहरूलाई कापी र कलम वितरण गरी स्थापना दिवस मनाएको हो।

अनेरास्ववियु सिन्धुलीका सहसचिव शरद बरालले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पढ्न लेख्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए । कापी र कलम पाएपछि विद्यार्थी र अभिभावकहरू खुसी भएका छन्।

अनेरास्ववियु सिन्धुलीका सचिव अजय तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर मुक्तान, अभिभावक संघका अध्यक्ष टंकबहादुर तामाङ, अनेरास्ववियुका केन्द्रीय सदस्य लोकेन्द्र बोगटी, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते