सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका २ मा रेडियो उदघोषण तालिम तथा मनोपरामर्श सामुदायिक कार्यक्रमको उद्घाटन गरिएको छ। तालिम सुनकोशी गाउँपालिका २ का अध्यक्ष जीवन बुर्जाको प्रमुख आतिथ्यतामा रेडियो उद्घोषक तालिम तथा मनोपरामर्श सामुदायिक कार्यक्रमको उद्घाटन गरिएको हो।
सुनकोशी गाउँपालिका २ ज्यामिरेमा संचालन हुने उक्त तालिम सोमबार देखि सुरु भएको थियोे । ५ दिन सम्म संचालन हुने तालिम सिन्धुली टाईम्स मिडिया प्रा.लि. को आयोजना तथा सुनकोशी गाउँपालिका वडा नं. २ काे आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो ।

वडा कार्यालयद्वारा संचालित कार्यक्रममा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी छन् । कार्यक्रमको सहजीकरण सिन्धुली टाइम्स मिडिया प्रा. लि. का व्यवस्थापन समितिका सचिव सरोज श्रेष्ठले गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष जीवन बुर्जाले विद्यार्थीहरूको व्यक्तिगत क्षमता अभिवृद्धि गर्न र रेडियो उद्घोषणमा दक्षता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको बताउनुभयो ।शिक्षक आन्दोलनका कारण विद्यालय बन्द भएको समयमा विद्यार्थीहरूको समय सदुपयोग हुने वडा अध्यक्ष बुर्जाले बताए ।
बुर्जाले तालिमपश्चात् सहभागी विद्यार्थीहरूले आफूलाई लागेको कुरा निर्धक्क भएर बोल्न सक्ने विश्वास व्यक्त गर्नु भयो ।
आजको युग बोल्नेहरूको युग भएकोले विद्यार्थीहरूलाई सानैदेखि आफ्नो विचार स्पष्ट रूपमा राख्न सक्ने बनाउन यो तालिम फलदायी हुने आयोजकको विश्वास छ।

तालिममा सहभागी विद्यार्थीहरूले रेडियो उद्घोषणका आधारभूत ज्ञानका साथै आफ्नो व्यक्तित्व विकास सम्बन्धी विभिन्न विषयमा जानकारी प्राप्त गर्ने छन्।