जिल्लाको गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना गरीएको एकिकृत घुम्ती शिविरमा २ सय ६१ जना स्थानीयले लाभा लिएका छन् ।
गाउँपालिकाको स्विकृत वार्षिक कार्यक्रम अनुसार गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङमा हिजो बुधबार आयोजित शिविरबाट पालिकाका २ सय ६१ जना स्थानीयले सेवा लिएका हुन् । कार्यक्रममा निर्वाचनका बेला गरेका प्रतिबद्धता अनुसार वडा स्तरमै पालिकाको सेवाहरु प्रबाह गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।
पालिकाका ७ वटै वडाहरुमा एकिकृत घुम्ती शिविर र चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म भए गरेका कार्यको सार्वजनिकिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।
यस्तै ५ जनाले बायोमेट्रि रुजु, १ सय १५ जनाको स्वास्थ्य परिक्षण, १० वटा माटो परिक्षणका लागि नमुना संकलन, १४ जनाले कृषि परामर्श, ५१ जनाले पशु स्वास्थ्य उपचार तथा परामर्श सेवा लिनुभएको छ ।
त्यस्तै व्यवसाय, राजश्व संकलन र अन्य सेवा गरेर कुल २ सय ६१ जनाले एकिकृत घुम्ती शिविरबाट सेवा लिनुभएको हो ।
गाउँपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार एकिकृत घुम्ती शिविरमा जेष्ठ नागरिक परिचय–पत्र वितरण, स्वास्थ्य परिक्षण, व्यवसाय दर्ता तथा नविकरण, सामाजिक सुरक्षा भत्ता वितरण, बायोमेट्रिक रुजु र व्यक्तिगत घटना दर्ता, कृषि तथा पशुपन्छी सम्बन्धी सेवा, राजश्व संकलन र वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो
शिविरको उद्घाटन गर्नु हुँदै गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले उहाँले यस्ता शिविरबाट अधिकतम फाइदा लिन वडाबासीमा आग्रह समेत गर्नु भयो ।साथै आम जनताको छिटो र छरीतो सेवाका लागि पालिकाले एकिकृत घुम्ती शिविरको आयोजना गरेको बताउँनु भयो ।
७ दिन सम्म संचालन हुने शिविरको दोस्रो दिन अर्थात बैशाख ११ गते गोलन्जोर गाउँपालिका २ वितिजोर स्थित वडा कार्यालयमा बिहान १० बजेबाट सुरु हुने छ । उक्त वडामा पनि एकिकृत घुम्ती शिविर र सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ ।
यस्तै तेस्रो दिन अर्थात बैशाख १२ गते वडा नम्बर ३ स्थित ओख्ले सामुदायिक भवनमा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना हुने छ ।
चौथो दिन बैशाख १३ गते शनिवार वडा नम्बर ४ को वडा कार्यालय तिनकन्यामा शिविरको आयोजना गरिने छ । पाँचौ दिन बैशाख १४ गते आइतबार वडा नम्बर ५ को वडा कार्यालय स्थित रतनचुरामा बिहान १० बजेबाट शिविर संचालन हुने गाउँपालिकाका जानकारी दिएको छ ।साथै बैशाख १५ गते सोमबार वडा नम्बर ६ को वडा कार्यालय बाशेश्वर र बैशाख १६ गते मंगलबार वडा नम्बर ७ को वडा कार्यालय भिमेश्वर खुर्कोटमा शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ।
एकिकृत घुम्ती शिविर तथा सार्वजनिक सुनुवाई कार्यक्रम प्रत्यक दिन निर्धारीत स्थानमा बिहान १० बजेबाट सुरु हुने र मध्यान्न ४ बजेसम्म स्थानीय सेवाग्राहीले सेवा लिन सक्ने छन् ।
गोलन्जोर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोम प्रसाद बरालको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष शंकर राज बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरीएको हो ।