जिल्लाको तीनपाटन गाउँपालिकामा उपहार समूहका सदस्यहरुलाई वीउ पाठी तथा वीउ बोका वितरण कार्यक्रम सम्पन्न भएको छ।
तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र हाम्रो प्रयास नेपालको सहजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी विकास परियोजना वीउ पाठी तथा वीउ बोका वितरण गरिएको हो।
तीनपाटन गाउँपालिकाको ११ वटै वडामा वहुवर्षिय तथा पालिकाको गौरवको परियोजनाको रुपमा विगत २.५ वर्ष देखि सञ्चालन भइरहेको छ।
समूहमा आवद्ध महिलाहरुलाई चालु आ.व. २०८१/०८२ मा साझेदारी परियोजनाबाट ११८ वटा वीउ पाठी र २२ वटा वीउ बोका वितरण गरिएको छ।
उक्त वितरण कार्यक्रम गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगर, प्रमुख प्रशासकीय अधिकृत श्री टंक बहादुर नेगी, वडा अध्यक्षहरू,, हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत ठाकुर खड्का र हाम्रो प्रयास नेपालका कार्यक्रम संयोजक वादल सुवेदी सहभागिता रहेको थियो।