सिन्धुलीको मरिण गाउँपालिकामा चार लाख ५० हजार १ सय (४,५०,१००) बराबरको सामान बरामद गरिएको छ।
मरिण गाउँपालिका ६ छाप स्थितमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी गस्ति टोलीले सर्लाही परवानीपुर बाट मरिण छाप ल्याउदै गरेको ना.५ ख ५२२४ न.को बसलाई चेक जाँच गर्ने क्रममा बिल नभएको सामान बरामद गरिएको हो।
सुतीको साडी: २१७ पिस , कुर्ता सुरुवाल : १५२ पिस ,सुरुवाल : ५ पिस , पेटीकोट : १८ पिस चोलो : १० पिस , थान कपडा : ७ पिस, लेङ्गा : ९ पिस , वनारसी साडी : ४ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिनु भयो।
काफ्लेको अनुसार कानुनी प्रकृया पुरा गरी आबश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको बताउनु भयो।
भिजिटर संख्या : 191