दुधौली नगर समितिको दोस्रो ऐतिहासिक नगर सम्मेलन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुधौली नगर समितिको दोस्रो ऐतिहासिक नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथिथ्यतामा सम्पन्न भएको हो।

__________ बिज्ञापन____________

सम्मेलनमा स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । साथै नेकपा एपाले र नेपाली कंग्रेसका नेता तथा कार्यकर्ताहरुसमेत दोस्रो नगर अधिवेशनको अवसर पारेर माओवादी पार्टीमा प्रवेश गरेका छन् । कार्यक्रममा पुर्व प्रधानमन्त्री प्रचण्डले सम्बोधन गदै अब जनताको नजिक रहेर काम गर्ने प्रतिबद्धता जनाउदै जनताको पक्षमा काम गर्न पार्टी अझ सक्रिय हुने बताउनु भयो ।
गत शुक्रबार चैत १५ गते काठमाडौँमा भएको राजावादी आन्दोलन पूर्ण रूपमा नियोजित रहेको बताउनु भएको छ । उक्त घटनामा दुई जनाको मृत्यु समेत भएको थियो । जसको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले लिनुपर्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।

आफ्नो पहिलो प्रधानमन्त्री कार्यकालमा ज्ञानेन्द्र शाहलाई जनताको आग्रहका बाबजुद दया गरेर छुट दिएको अध्यक्ष प्रचण्डले बताउनु भयो । हालको आन्दोलनले शाहको वास्तविक नियत स्पष्ट पारिदिएको बताए । अध्यक्ष प्रचण्डले समाजवादी र राजावादी सभाको फरक स्पष्ट पार्दै समाजवादीहरूको सभा अनुशासित रहेको तर राजावादीहरूको सभा हिंसात्मक र अराजक भएको टिप्पणी गर्नु भयो ।

उक्त आन्दोलनको क्रममा भएको हिंसात्मक घटनालाई जनताले गम्भीर रूपमा लिएको भन्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा यस्ता अस्थिरता मच्चाउने प्रयासहरूलाई जनताले नै निरुत्साहित गर्ने विश्वास व्यक्त गर्नु भयो ।

NEW SB ELECTRONIC

कार्यक्रममा वक्ताहरूले कम्युनिस्ट आन्दोलनको सुदृढीकरण, नगरस्तरमा पार्टी संगठन विस्तार तथा जनहितका विषयमा विस्तृत छलफल गरेका थिए । कार्यक्रमको आयोजना नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुधौली नगर समितिले गरेको थियो भने सम्मेलनमा विभिन्न वक्ताहरूले पार्टीको भावी रणनीति र जनतासँगको सम्बन्धलाई अझै बलियो बनाउन विभिन्न विषयमा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते