सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनपाटन गाउँपालिका १ छरछरेकी १७ वर्षीया सोमकुमारी चौहान रहेकी छन् ।
बुधबार दिउँसो स्थानीय झुगा खोलामा नुहाउने क्रममा डुब्दा चौहान गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाईते भएकी चौहानलाई प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा सामान्य उपचार पश्चात थप उपचारका लागी जिल्ला अस्पताल सिन्धुली ल्याईएको थियो ।
उपचारका क्रममा बुधबार बेलुका उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
भिजिटर संख्या : 239