स्ववियु निर्वाचनको बिषयलाई लिएर नेविसंघ सिन्धुलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ

स्ववियु निर्वाचनको बिषयलाई लिएर नेविसंघ सिन्धुलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझायो
चैत्र ५ गते हुने स्ववियु निर्वाचनको बिषयलाई लिएर नेपाल बिद्यार्थी संघ नेविसंघ सिन्धुलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सिन्धुली बहुमुखी क्याम्पस, भिमज्योति शिक्षा क्याम्पस र सुनकोशी क्याम्पस सुनकोसीमा स्वतन्त्र युनियनको निर्वाचन स्थगित गरेको बिषयमा नेविसंघले ज्ञापन पत्र बुझाएको हो ।
स्ववियु निर्वाचनमा निर्वाचन समितिले सिन्धुली जिल्लाकै शैक्षिक धरोहर सिन्धुली बहुमुखी क्याम्पस साथै भिमज्योति शिक्षा क्याम्पस र सुनकोशी क्याम्पस सुनकोसीमा स्वतन्त्र युनियनको निर्वाचन स्थगित गरेको अवस्था छ । यस सम्बन्धमा नेपाल विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको ज्ञापन पत्रमा भनिएको छ ।
कुनै पनि मुल्यमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव रोकिएको खण्डमा नेपाल विद्यार्थी सङ्घ नियमित आन्दोलनको घोषणा गर्ने र सो बाट हुने सम्पूर्ण क्षतिको भागेदार तत् तत् क्याम्पसका क्याम्पस प्रशासन तथा जिम्मेवार निकायहरू हुनेछन् भन्दै सबै क्याम्पसमा एकैसाथ निर्वाचन गराउन नेपाल विद्यार्थी सङ्घले ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको छ ।
साथै यदि सबै क्याम्पसमा निर्वाचन नगराउने हो भने हाल निर्वाचन प्रक्रिया रहेको सम्पूर्ण क्याम्पसको निर्वाचन स्थगित गराई एकैसाथ निर्वाचन गराउन नेपाल विद्यार्थी संघले माग गरेको छ । यदि यी विषयलाई व्यवास्था गरेमा नेपाल विद्यार्थी सङ्घ चरणबद्ध आन्दोलनमा उत्रिने कुरा ज्ञापनपत्रमा उल्लेख गरीएको छ ।

__________ बिज्ञापन____________

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते