उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ निर्वाचित

सिन्धुली । उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनुभएको छ । मंगलबार सम्पन्न निर्वाचनमा राजकुमार श्रेष्ठलाई पराजित गर्दै श्रेष्ठ दोश्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।

__________ बिज्ञापन____________

अध्यक्ष पदका लागि श्रेष्ठले ५९७ मत प्राप्त गरेर विजयी हुनुभभएको हो भने वहाँका प्रतिष्पर्धी राजकुमार श्रेष्ठले ३८८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी देवनारायण श्रेष्ठ बिजयी हुनुभएको छ । वहाँले बिरवल चौधरीलाई पराजित गर्दै बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले ४९५ मत ल्याएर विजयी हुँदा पराजित चौधरीले ४५१ मत प्राप्त गनुभयो ।

आगामी ३ वर्षका लागि भएको निर्वाचनबाट वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी निर्वाचित हुनुभएको छ । त्यस्तै उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा नवीन श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्य र महिला उपाध्यक्षमा टिका कुमारी थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिकांसको चासोको विषय बनेको महासचिव पदमा भने प्रतिद्धन्द्धी मेघ बहादुर कार्कीलाई भारी मतले पराजित गर्दै बासु भेटवाल विजयी हुनुभएको छ । भेटवालले ६४६ मत प्राप्त गर्दा कार्कीले २६६ मत प्राप्त गर्नुभएको छ । उपमहासचिव पदमा स्वतन्त्र उमेद्वार नेत्रजंग थापा बिजयी हुनुभएको छ ।

अर्जुन कुमार श्रेष्ठ प्यानलका उमेद्वार युवराज श्रेष्ठलाई पराजित गर्दै थापा बिजयी हुनुभएको हो । थापाले ४३० मत प्राप्त गर्दा पराजित श्रेष्ठले ३७४ मत प्राप्त गर्नुभयो । उपमहासचिव पदमा त्रिपक्षिय भिडन्त भएको थियो । जसमा अर्का उमेद्वार सोनी कुमारी झा ले १०४ मत प्राप्त गर्नुभएको छ ।
महिला सचिवमा ५४१ मत ल्याएर सिर्जना श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उद्योग सचिवमा प्रकाश काफ्ले र वाणिज्य सचिवमा गोबिन्द खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । संघको नयाँ कार्यसमिकिो कोषाध्यक्ष पदमा विष्णु कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लाल मान तामाङ, आजिवन सदस्यमा दिगम्वर चौधरी, एसोसियट सदस्यमा शाह आलम साफी तथा महिला सदस्यमा शुशिला श्रेष्ठ र ललिता न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ ।

आगामि तीन वर्षका लागि निर्वाचित यो कार्यसमितिले व्यवसायी, उद्योगीहरुको पक्षमा प्रभावकारी काम गरेर मन जित्ने निर्वाचित अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । उद्योगी तथा व्यवसायीहरुको मन बिझाउने काम गर्न आफूलाई कसैले पनि प्रोत्साहित नगरोस भन्ने आफ्नो चाहाना रहेको वहाँले प्रष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते