नेपाल विद्यार्थी संघ (नेविसंघ) अन्तर्गत मिलन कुमार भुजेलले सभापतिको लागि उम्मेदवारी दर्ता

नेपाल विद्यार्थी संघ (नेविसंघ) अन्तर्गत मिलन कुमार भुजेलले सभापतिको लागि उम्मेदवारी दर्ता गरेका छन्। श्री सिद्धज्योति शिक्षा क्याम्पस अन्तर्गत भुजेलले सभापतिको पदका लागि उम्मेदवारी दिएका हुन्।

__________ बिज्ञापन____________

चैत्र ५ गते हुने निर्वाचनका लागि मंगलबार (आज) प्रत्यक्ष र समानुपातिक दुबै तर्फ उम्मेदवारी दर्ता गरिएको छ। जसमा सचिव पदका लागि मनोज श्रेष्ठ, कोषाध्यक्ष पदका लागि नवीना आचार्य उम्मेदवार रहेका छन्। त्यस्तै, सदस्य पदमा अञ्जना मंग्राती, अविनाश कार्की, पेमा दोर्जे तामाङ, अविना बराल, र नम्रता कुमारी मंग्राती उम्मेदवार रहेका छन्।

क्याम्पसमा ३०२ जना मतदाता रहेका छन्। समानुपातिकसहित १५ सदस्यीय समिति निर्वाचित हुनेछ, जसमा ८ जना प्रत्यक्ष निर्वाचित हुनेछन्। अध्यक्ष, सचिव, कोषाध्यक्षसहित अन्य ५ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था रहेको निर्वाचन समितिका अधिकृत रामचन्द्र दाहालले जानकारी दिनुभयो।

सभापति पदका उम्मेदवार भुजेलले विद्यार्थीको हकहितका लागि विगतदेखि नै काम गर्दै आएको र त्यसलाई अझ व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विद्यार्थी, शिक्षक र अभिभावकबीच थप सहकार्य र सहजता ल्याउने उद्देश्य राखेको उल्लेख गर्दै आफू सहजै विजयी हुने विश्वास व्यक्त गरे। साथै, नेविसंघको विजयले मात्र क्याम्पसको समग्र विकास र प्रवर्द्धन सम्भव हुने भन्दै सम्पूर्ण विद्यार्थीहरूलाई मतदान गरी जिताउन अपिल गरेका छन्।भुजेलको उम्मेदवारी दर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते