दुधौली नगरपालिकाले शैक्षिक सुधारको लागी सुरु गरेको प्रशिक्षण कार्यक्रम १४ ओटा विद्यालयमा सम्पन्न ,आज मावि विद्यालय जिनाखुमा
दुधौली नगरपालिकाले शैक्षिक सुधारको लागी सुरु गरेको प्रशिक्षण कार्यक्रम हाल सम्म १४ ओटा विद्यालयमा सकिएको छ । आज दुधौली नगरपालिका वडा नं १२ मा रहेका मावि विद्यालय जिनाखुमा कार्यक्रम गरिएको छ । नगर भित्रका प्रत्येक विद्यालयमा दुधौली नगरपालिकाले शिक्षक ,विद्यार्थी र अभिभाकहरुलाई प्रशिक्षण गराईरहेको छ । शिक्षामा सुधार भए चेतनाको विकास हुने र चेतनाको विकास भए सवै काम राम्रो संग गर्न सकिने भएकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम अत्यन्त राम्रो भएको मावि जिनाखुका शिक्षक धन बहादुर तामाङले बताउनृुभयो । यस्तो कार्यक्रमले शिक्षकहरुमा काम गर्न उत्साह, जागर आउने बताउदै विद्यार्थीले घरमा राम्रो शिक्षा पाए विद्यालयमा शिक्षा दिन अझ सहज हुने उहाले बताउनुभयो । यस्तै शिक्षक,विद्यार्थी अभिभाकलाई दिईएको प्रशिक्षण कार्यक्रमले शिक्षामा परिवर्तन आउने मावि जिनाखुको प्रधानाध्याक जित बहादुर मगरले बताउनुभयो । विद्यालयमा बालबालिका पढेको छन कि छैन भनेर ख्याल राख्नुपर्ने प्रशिक्षण कार्यक्रममा अभिभावकहरुले बताउनुभयो । दधौली नगरपालिकामा भएको ७८ सामुदायिक बिद्यालय मध्यमा २१ वटा मावि तहका बिध्यलयहरुमा उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको शिक्षा शाखा दुधौलीका शाखा प्रमुख हरिलाल बिश्वकर्माले बताउनु भयो । विद्यालय भित्र कुनै पार्टिको हुन नहुने बताउदै विद्यालय राम्रो बनाउन शिक्षामा सुधार गर्न सवै एक भएर लाग्नुपर्ने दुधौली नगरपालिकाको नगर प्रमुख दिनेश अधिकारीले बताउनुभयो । कुल बजेट को आधा बजेट शिक्षामा खर्च हुदा पनि शिक्षामा सुधार आउन नसकेको कारण शिक्षक ,विद्यार्थी र अभिभाकहरुको लाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उहाले बताउनुभयो । यस्तो कार्यक्रमले विद्यार्थी र शिक्षकहरुको शैक्षिक सुधारको लागी महत्वपुर्ण भुमिका खेल्ने विद्यार्थीहरुको भनाई छ ।