फाइनलअघि नेपाल र म्यानमारबीच बराबरी

चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचकाे खेल बराबरीमा सकिएको छ ।

__________ बिज्ञापन____________

त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच २-२ गोलको बराबरी भयो । पहिलो हाफमै २-२ गोल भए पनि दोस्रो हाफमा थप गोल हुन सकेन ।

म्यानमारले खेलकाे छैटाैं मिनेटमै अग्रता लियाे । तर खेलको ११औं मिनेटमा सबिता रानामगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । फेरि १७औं मिनेटमा म्यानमारले अग्रता लियाे । तर खेलकाे ४१औं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै खेल २–२ काे बराबरीमा ल्याइन् ।

नेपाल र म्यानमार दुवै टाेली यसअघि नै फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यानमारले लेबनान र किर्गिस्तानलाई हराएका थिए । नेपाल र म्यानमार दुवै अपराजित रहे । योसँगै नेपाल र म्यानमारबीच अहिलेसम्म ५ पटक भेट भएकोमा नेपाल ३ खेलमा पराजित हुँदा २ खेल बराबरीसमा सकिएको छ ।

प्रतियाेगितामा आज भएकाे पहिलाे खेलमा किर्गिस्तानलाई हराउँदै लेबनानले सान्त्वना जीत हात पारेको छ । किर्गिस्तान ३ वटै खेलमा पराजित भयो ।
नेपाल र म्यानमारबीचको फाइनल खेल आउँदो बुधवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते