जिल्लामा आज बिहान दुर्घट्ना हुँदा दुई जना घाइते भएक छन् । काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको कार ले मोटरसाइकललाई ठक्कर दिदा गोलन्जोर गाउँपालिका-७ स्थित बारामा दुर्घट्ना भएको हो।
दुर्घट्नामा परी मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका ५ का ३० बर्षीय सुर्य प्रसाद आचार्य गम्भीर घाईते भएका छन् भने मोटरसाइकलमा सबार जितपुर उपमहानगरपालिका-४ निवासी लोकनाथ वाग्ले वर्ष ३१ सामान्य घाइते भएका छन् ।
दुर्घट्ना आज बिहान १०:०० बजेको समयमा काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको विएसी १९७९ नं.कारले बर्दिबासबाट काठमाडौं जाँदै गरेको ना ३० प ८३२६ नं.मोटरसाइकललाई ठक्कर दिएको हो।
घाइतेहरूलाई उपचारका लागि शुभ-जीवन अस्पताल खुर्कोट पठाइएको छ। प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनकारी दिएको छ।
भिजिटर संख्या : 187