तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८१ दुधौलीमा आजदेखि सुरु भएको छ । राष्ट्रको लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ आज बाट खेल सुरु भएको हो । दुधौली नगरपालिकाको आयोजनामा तिन दिन सम्म चल्ने खेलकुद प्रतियोगिताको आज दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीले उत्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रम विभिन्न संस्कृति झल्कने नृत्य सहित गरिएको थियो । नगर प्रमुख दिनेश अधिकारीको हातबाट सटफुट हानेर खेलको शुभारम्ब गरिएको थियो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै नगर प्रमुख अधिकारीले सर्वागिण विकासको निम्न खेल अति आवश्यक भएको बताउदै अनुशासित भएर खेल खेल्यौ भने आफ्नो प्रतिभा देखाउन सकिने बताउनुभयो । खेलकुदको विभिन्न विधाको विकासका लागि नगरले धेरै काम र लगानी गरेको बताउनुहुँदै खेलाडीलाई प्रोत्साहित गर्नु नगरको कर्तव्य भएको स्पष्ट पार्नुभयो । सामुदायिक र संस्थागत विद्यालय गरी २२ ओटा विद्यालयका १ हजार भन्दा बढि विद्यार्थीको यस खेल प्रतियोगितामा सहभागिता रहेको छ । तिन दिन सम्म चल्ने प्रतियोगितामा ,सटफुट, एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो जस्ता खेलमा प्रतिस्पर्धा हुनेछ ।