सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–६ स्थित कानढुंग्रीमा माइक्रोबस दुर्घटना भएको छ । जनकपुर जाँदै गरेको बा.३ ख ८४४५ नम्बरको माइक्रो बस बीपी राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
टायर पञ्चर भएर माइक्रोबस डिभाइडरमा ठोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनु भयो । दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारको लागी काठमाडौँ पठाइएको छ । अन्य ६ जनाको खुर्कोट स्थित सुनकोशी सामुदायिक अस्पताल उपचार हुँदै छ ।
माइक्रो चालक ३२ वर्षीय सञ्जय कुमार महतोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनु भयो ।
भिजिटर संख्या : 707