काठमाडौं । खराब मौसकका कारण मंगलबार हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका अनुसार मंगलबार ३० वटा आन्तरिक उडान रद्द भएको छ ।
बुद्ध एयरका मात्र १७ वटा उडान रद्द भए। बुद्धको भैरहवाका ६, नेपालगन्ज र जनकपुरका ४/४ तथा सिमराका तीन उडान रद्द भएको हो ।
त्यस्तै, यती एयरलाइन्सको भैरहवाका दुई र सिमरा, नेपालगन्ज, जनकपुर र विराटनटरका १/१ उडान हुन सकेनन्। श्री एयरलाइन्सका नेपालगन्ज तीन, भैरहवा दुई र भरतपुर र सुर्खेतका १/१ उडान रद्द भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। तराईका जिल्लामा बाक्लो हुस्सुका कारण नियमित उडानहरू रद्द भएका हुन्।
भिजिटर संख्या : 173