चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या एक सय २६ पुग्यो

काठमाडौं । चीनको तिब्बतमा गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय २६ पुगेको छ । भूकम्पका कारण कम्तिमा एक सय ८८ जना घाइते भएका छन् भने एक हजारभन्दा बढी घर क्षतिग्रस्त भएका छन् । भग्नावशेषमा च्याप्पिएकाहरुको खोजी र उद्धार कार्य जारी रहेकोछ ।

__________ बिज्ञापन____________

यूएस जिओलोजिकल सर्भेले भने भूकम्प ७ दशमलव एक म्याग्निच्युडको मापन गरेको छ । भूकम्पको केन्द्रविन्दु सर्वोच्च शिखर सगरमाथाबाट करीब ८० किलोमिटर उत्तरमा रहेको र भूकम्पको धक्का नेपाल, भुटान र भारतमा समेत महसुस गरिएको रोयटर्सले उल्लेख गरेको छ ।

चिनियाँ समयअनुसार बिहान नौ बजेर ५ मिनेट जाँदा नेपालको उत्तरपूर्वी सीमा नजिकै पर्ने चीनको सिगात्से स्वशासित क्षेत्रको टिंग्री काउन्टी केन्द्रविन्दु भएर उक्त भूकम्प गएको हो । भूकम्पको उद्गमविन्दु १० किलोमिटर गहिराइमा रहेको चाइना अर्थक्वेक नेटवर्क्सले जनाएको छ । उक्त भूकम्पपछि थुप्रै परकम्पन गएको जनाइएको छ । चिनिया राष्ट्रपति सी चिनफिङले उद्धार र राहतमा हरसम्भव प्रयास गर्न चिनियाँ अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

भूकम्पको प्रभाव करिब ८ लाख जनसंख्या रहेको सिगात्से क्षेत्रभरि परेको जनाइएको छ । सिगात्से शहर तिब्बती बुद्ध धर्मका महत्वपूर्ण गुरु पन्चेन लामाको परम्परागत मुख्यालय भएको रोयटर्सले उल्लेख गरेको छ । भूकम्पका कारण सिगात्सेका सयौं घरहरु ध्वस्त भएको तिब्बत अग्नि तथा उद्धार कार्यालयले जारी गरेको भिडियोमा देखिएको छ । भारत निर्वासनमा रहँदै आउनु भएका तिब्बती धर्मगुरु दलाई लामाले घटनाप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ । प्रमुख भौगर्भिक फल्ट लाइनमा पर्ने भएकाले यो क्षेत्रमा समय-समयमा भूकम्प जाने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते