मकवानपुरको मनहरी गाउँपालिकामा मान्छेको ज्यान लिने बाघलाई समातिएको छ। नेपाली सेनाको हात्तीसहितको टोलीले बाघलाई नियन्त्रणमा लिन सफल भएको हो।
मनहरीमा बाघले आइतबार वृद्ध महिला ७२ वर्षीया कान्छिमाया रुम्बाको ज्यान लिएको थियो। मनहरी ५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमती रुम्बाको मृत्यु भएको थियो।
मनहरीमा ४ महिनाअघि भैंसीले हानेर बाघ मरेको थियो। भदौ ५ गते मनहरी गाउँपालिका ६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्दा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको थियो।
भिजिटर संख्या : 199