सिन्धुलीमा शनिबार संचालन गरिएको एक दिने लोकगीत प्रतियोगितामा समृद्धि किशोरी समुहले प्रथम स्थान हासिल गरेको छ । प्लान इन्टनेश्नल नेपालको साझेदारी तथा जनजाति समाज विकास (जेएसडिपी) सिन्धुलीको आयोजनामा संचालन भएको उक्त प्रतियोगितामा सिन्धुलीको कमलामाई नगरपालिका २ भद्रकालीमा रहेको समृद्धि किशोरी समुहले प्रथम स्थान हासिल गरेको हो।
उक्त प्रतियोगितामा कमलामाई नगरपालिका ४ मा रहेको उज्वलता किशोरी समुह द्धितीय, तीनपाटन गाउँपालिका २ मा रहेको एकीकृत किशोरी समुहले तृतीय स्थान हासिल गरेका छ । साथै, कमलामाई नगरपालिका ५ का प्रगतिशील किशोरी समुह र तीनपाटन गाउँपालिका २ का सुनौली बिहानी किशोरी समुह सानत्वना भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सानत्वना स्थान हासिल गर्ने किशोरी समुहलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको छ ।
उक्त प्रतियोगितामा यूवाहरुमा सचेतना अभिवुद्धि तथा सशक्तिकरण गराउँने उदेश्यले लोकगीत प्रतियोगिताको आयोजना गरिएको जनजाति समाज विकास कार्यक्रम (जेएसडिपी) सिन्धुलीका उपाध्यक्ष प्रशान्त लुङ्गेलीले बताउँनु भयो । कार्यक्रममा बोल्दै गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले युवाहरूले भोलिका दिनमा अझै आफुमा भएको प्रतियोगिता तिखार्न आग्रह गर्नु भयो।