रूपान्तरण जीवनोपयोगी सीप तथा आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सिन्धुलीमा सम्पन्न
प्रशिक्षण तालिम

सिन्धुली टाईम्स, सिन्धुली । रूपान्तरण जीवनोपयोगी सीप तथा आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सिन्धुलीमा सम्पन्न भएको छ । तलिम रिलिफ नेपाल सिन्धुली र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम संचालन भएको हो ।

__________ बिज्ञापन____________

एकीकृत संरक्षण तथा समुदायसंगग्नता परियोजना अन्तर्गत रूपान्तरण जीवन उपयोगी सीप तथा कक्षा सञ्चालनको लागि तालिम आयोजना गरिएको आयोजकले जनाएको छ ।

रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलको अध्यक्षतामा १० दिन सम्म संचालन गरिएको तालिमको एक औपचारिक कार्यक्रम गरि आज समापन गरिएको हो । कार्यक्रमको अवसरमा रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेलले तालिम बाट सिकेका, बुझेका कुराहरु आफ्नो अधिकारको बारेमा पहिचान गरेर स्थानीय सरकार तथा वडाहरूसँग समन्वय गरेर काम गर्नका लागि अनुरोध गर्नुभएको छ ।

तालिममा सहभागी किशोर किशोरीहरू समुदायको प्रतिनिधि पात्र भएकोले आफूले जानेको कुरा गाउँँगाउँमा गएर सकारात्मक सन्देश दिने र २४ हप्तासम्म आफूले सिकेका कुरा गाउँका अरु भाइबहिनीहरूलाई सिकाउनको लागि कक्षा सञ्चालन गर्ने पौडेलले बताए ।

तालिममा तीनपाटन गाउँपालिकाको ४,५,६,७,८ १० र ११ को गरि जम्मा १४ जना गोलन्जोर गाउँपालिकाको १,२,३,४,६ को गरि १० जना र फिक्कल गाउपालिका को २,३,४,५ को गरि ८ जना गरी जम्मा ३२ जनाकिशोर किशोरीको सहभागीतामा तालिम संचालन भएको हो ।
१० दिनसम्म सञ्चालन भएको रूपान्तरण तालिम लिएपछि उनीहरूले आफ्नो समुदायको ११ देखि १८ वर्ष उमेर समूहको किशोर किशोरी तथा बालबालिकाहरूलाई जम्मा गरी रूपान्तरण जीवन उपयोगी सीप तथा आत्मरक्षाको कक्षा सञ्चालन गर्नेछन् ।
कक्षा सञ्चालनका लागि आवश्यक स्टेशनरी सामग्री सम्बन्धित गाउँपालिकाले उपलब्ध गराउने छ भने तालिम अवधिभर गाउँपालिकाले अनुगमन तथा पृष्ठपोषण प्रदान गर्ने छन् ।

१० दिनसम्म रूपान्तरण तालिम पूर्व रुपान्तरण साथी सहजकर्ताले तारा सुनुवारले सहजीकरण गरेको रिलिफ नेपालमा सिन्धुलीमा कार्यरत अनिल सार्किले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते