सिन्धुली टाईम्स, सिन्धुली । सिन्धुलीमा ११ सदस्यीय राष्ट्रिय फोटो पत्रकार समूह गठन गरिएको छ । सिन्धुलीमाढीमा आज भएको भेलाबाट उद्वव कुमार श्रेष्ठको अध्यक्ष्यतामा ११ सदस्यीय जिल्ला शाखा कार्यसमिति गठन भएकोे हो ।
नवगठित राष्ट्रिय फोटो पत्रकार जिल्ला शाखा सिन्धुलीको उपाध्यक्षमा पत्रकार बुद्ध नेपाली, सचिवमा राधिका बुढाथोकी, सहसचिवमा अशोक काफ्ले (जे.पि.टी), कोषाध्यक्षमा कुमार दुलाल, सदस्यहरूमा दिलिप कुमार श्रेष्ठ, बिमला रजन मगर, गंगा विसङ्खे, पुनम सुनुवार, राजकुमार श्रेष्ठ र आस्था विश्वकर्मा रहेको अध्यक्ष श्रेष्ठ जानकारी दिनु भयो ।
राष्ट्रिय फोटो पत्रकार समूह, जिल्ला शाखा, सिन्धुली

राष्ट्रिय फोटो पत्रकार जिल्ला शाखाको प्रथम भेलामा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान, कमलामाई नगरपालिका वडा नम्बर ६ का अध्यक्ष उज्ज्वल कुमार थापा, नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा, प्रेस सन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ, प्रेस यूनियन सिन्धुलीका अध्यक्ष बरूण लामिछाने, राष्ट्रिय फोटो पत्रकार समुह बागमती प्रदेश निवर्तमान सदस्य तथा प्रेस चौतारी नेपाल सिन्धुलीका कोषाध्यक्ष बलवीर भुजेल लगायतको उपस्थिती रहेको थियो ।