सिन्धुलीको मरिण गाउँपालिकाको सबैभन्दा दुर्गम बस्ती वडा नम्बर १ कार्तिकेमा वडास्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको प्रमुख आथिथ्यतामा भएको हो ।

कात्तिक ७ र ८ गते संचालन भएको फुटबल प्रतियोगितामा प्रथम द्धितिय तृतिय हुनेलाई क्रमस १५०००, ७००० र सान्त्वना पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा भौगोलिक विकटताले खेलकुल गतिविधिलाई रोक्न नसक्ने र भाइबहिनीहरूले खेलप्रति गरेको लगाव प्रतिको लगनलाई आफूले मनन गरेको बताउदै त्यसप्रति आफू गम्भीर भएर खेलकुद विकास क्षेत्रमा लगानी गर्र्ने उहाँको भनाइ छ ।

विकासको गति सँगसँगै मरिण गाउँपालिकाले खेलकुद विकास क्षेत्रमा पन्रि उत्तिकै लगानी गरेको छ । त्यस्तै मरिण गाउँपालिकाको प्रत्येक वडामा वडा स्तरीय खेलकुद विकास समिति पनि गठन गरिएको छ । मरिण गाउँपालिकाले आयोजना गरेको चाडपर्व लक्षित भलिबल तथा फुटबल प्रतियोगितामा ८ वटा समूह बिच प्रतिस्पर्धा भएको थियो ।
