सिन्धुलीमा क्यामेरा र मोबाइलबाट भिडियो उत्पादन तथा प्रसारण सँग सम्बन्धि २ दिने तालिमको आयोजना

सिन्धुलीको कमलामाई नगरपालिका ६ मा क्यामेरा र मोबाइल बाट भिडियो उत्पादन तथा प्रसारण सँग सम्बन्धि २ दिने तालिमको आयोजना गरिएको छ । प्लान इन्टरनेसनल नेपालको साझेदारी एवं सिड्स नेपाल सिन्धुलीको आयोजनामा दक्ष युवा परियोजना अन्तर्गत तालिम सञ्चालन गरिएको हो ।

__________ बिज्ञापन____________

कार्तिक ६ र ७ गते संचालन भएको तालिममा भिडियो फोटो कसरी खिच्ने, खिचेको कुरालाई कसरी बनाउने, कसरी स्क्रिप्ट लेख्ने र ती सबैलाई जोडेर कसरी अपलोड गर्ने लगायत क्यामेरा र मोबाइल सँग सम्बन्धित विभिन्न क्रियाकलापको बारेमा सिकाइने छ ।
तालिममा जसको परिवारमा आर्थिक अवस्था कमजोर भएको, शिक्षाबाट वञ्चित भएको, रोजगार नभएको युवाहरूलाई छनोट गरी दुधौली नगरपालिका २ र १३ बाट १÷१ जना सुनकोशी गाउँपालिका बाट १ जना मरिण गाउँपालिका बाट १ जना र सिड्स नेपाल सिन्धुलीका कार्यक्रम अनुगमन, मूल्यांकन एवं अभिमुखीकरण कर्ता सरिता थापा सहित तालिममा ५ जनाको उपस्थिति रहेको थियो ।

सिन्धुली जिल्लाको तीनवटा पालिकाको १८ देखि २४ वर्ष बीचका युवाहरुलाई सीप सिकाई स्वरोजगार बनाउने, रोजगार दिलाउने त्यसबाट व्यवसाय सञ्चालन गर्न सहयोग पर्याउने उद्देश्यले दक्ष युवा परियोजना अन्तर्गत तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सिन्धुली सेरोफेरोका सञ्चालक उद्धव श्रेष्ठ र सिन्धुली टाईम्सका सञ्चालक दिलिप कुमार श्रेष्ठले तालिम सहजीकरण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते