युवा संलग्नता द्वारा स्थानिय तहको जवाफदेहिता अभिवृद्धि (SLAS) परियोजना अन्तर्गत ४ दिने तालिम सिन्धुलीमा संचालन

सिन्धुलीमा सामाजिक जवाफदेहिता, अधिकारमुखी विकास अवधारणा र स्थानिय तहको योजना तर्जुमा प्रक्रिया सम्वन्धि ४ दिने तालिम सुरु भएको छ । प्लान ईन्टरनेशनल नेपालको आयोजना तथा ह्यान्ड्स नेपाल सिन्धुलीको साझेदारीमा युवा संलग्नता द्वारा स्थानिय तहको जवाफदेहिता अभिवृद्धि (SLAS) परियोजना अन्तर्गत ४ दिने तालिम संचालन गरिएको हो ।

__________ बिज्ञापन____________

तालिममा १६ देखि २४ वर्षका युवाहरुको सहभागीतामा रहेको छ । ४ दिनसम्म संचालन हुने तालिमको सहजिकरण विनोद धौलागिरीले गर्नुहुनेछ भने सामाजिक जवाफदेहिता, अधिकारमुखी विकास अवधारणा र स्थानिय तहको योजना तर्जुमा प्रक्रिया सम्वन्धि कार्यक्रमको कोअडिनेटर रोशन तिम्लसिनाले सहयोग गर्नुहुने छ ।

युवाहरूको सहभागितामूलक स्थानीय योजना प्रक्रिया, बजेट निर्माण र स्थानीय सरकारको वार्षिक योजनाहरूको विश्लेषणमा केन्द्रित गर्नु रहेको छ । तालिमले युवाहरूलाई अधिकारको प्रावधान, सामाजिक उत्तरदायित्व र सात चरणको योजना प्रक्रिया लगायत अधिकारमा आधारित दृष्टिकोणको विस्तृत ज्ञान प्रदान गर्नेछ । तालिमको अन्त्यमा, सहभागीहरूलाई युवा नागरिक अंकपत्र (YCSC) सँग सम्बन्धित सार्वजनिक सरोकारहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न र सम्बोधन गर्न आवश्यक सीपहरू प्रदान गरिनेछ । तलिम पश्चात तालिम प्राप्त युवा स्वयंसेवकहरुले आफ्नो समुदायमा विद्यालय र स्वास्थ्य चौकिमा युवा नागरिक अंकपत्र द्वारा सामाजिक जवाफदेहिता अभिवृद्धिका निम्ति पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

वडा कार्यालय र विद्यालयको समन्वयमा कमलामाई नगरपालिका वडा न १, ५, ६, ९, १३, १४ बाट ५, ५ जना र २, ४, ८, १०, १२ बाट ६, ६ जना र दुधौली नगरपालिका ३ र ६ बाट ६, ६ जना गरि ६६ जना युवाहरुको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते