सिन्धुली । सिन्धुलीको मदन भण्डारी लोकमार्ग अन्तर्गत हरिहरपुरगढी गाउँपालिका-५ द्वारखोला पुलमा काठमाडौंबाट भोजपुरका लागि ५० जना यात्रु लिएर छुटेको बस दुर्घटना भएकाे छ । दुर्घटनामा परि घटनास्थल मै २ जनाको मृत्यु भएको हरिहरपुरगढी गाँउपालीका वडा नम्वर ४ का अध्यक्ष कमल राईले बताउनु भयो ।

अन्य ४७ जना यात्रुहरु घाइते भएका छन्। घाईतेलाई उपचारको लागी कपिलाकोट तथा सिन्धुली अस्पताल पठाएको उनले बताए ।
भिजिटर संख्या : 1,342