बाढी प्रभावित ३१० परिवारमा प्लान इन्टरनेशनल नेपालको राहत सामाग्री सहयोग 

सिन्धुली, असोज १९, २०८१ शनिबार । सिन्धुलीका बाढी पिडितहरुको लागि पहिरो चरणको राहत वितरण सम्पन्न भएको छ । असोज ११ र १२ गते अविरल वर्षा पछि सुनकोशी र रोशी खोलामा आएको बाढीको कारण प्रभावित परिवारलाई पहिलो चरणको राहात वितरण कार्य सम्पन्न भएको हो । सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा राहत वितरण गरिएको राहत वितरण कार्यदल सिन्धुलीका संयोजक कृष्णमणी फुयाँलले जानकारी दिनुभयो ।

__________ बिज्ञापन____________

पालिका स्तरिय विपद व्यवस्थापन समितिले जिल्ला विपद व्यवस्थापन समिति कार्यदल र नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराएको विवरण अनुसार सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका ३ सय १० परिवारलाई खाद्य तथा गैह्र खाद्य सामग्री वितरण गरीएको हो । गोलन्जोर गाउँपालिका अन्तर्गत खुर्कोटका ६४ परिवार, बलेनी, मुर्किवेशीका ३२ गरी जम्मा ९६ परिवार लाई खाद्य तथा गैह्र खाद्य राहत वितरण गरिएको हो ।

त्यस्तै हरिहरपुरगढी गाउँपालिकाका ११ घर परिवार र सुनकोशी गाउँपालिकामा वडा नं. १ मा ६८, वडा नं. २ मा १४, वडा नं. ३ मा १४, वडा नं. ४ मा १९, वडा नं. ५ मा ७४ र वडा नं. ६ मा १३ गरी २ सय ३ घर परिवारलाई राहत वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुली र जिल्ला विपत व्यवस्थापन समितिको अगुवाईमा एकद्धार प्रणाली मार्फत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा राहत सामाग्री वितरण गरीएको हो ।

प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्था मानव तथा राष्टिय विकास समाज (हेण्डस) नेपाल र जनजाती विकास समाज कार्यक्रमले सिन्धुलीको सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका गरी जम्मा ३ सय १० घर परिवारमा खाद्य र गैरखाद्य सामाग्रीहरु वितरण गरेको छ ।

गैर खाद्य सामाग्री राहत प्याकेजमा त्रिपाल २, कम्वल २, पि–फम २, सौर्य वत्ति १, डोरी ५ रोल गरी ८ हजार ८ सय ६९ र भान्सा सामाग्री (खाद्य) प्याकेजमा सिल्भर डेक्ची (सानो, ठुलो) ३, थाल ३, कचौरा २, गिलास २, डाढु १ र पुन्यु १ गरी १ हजार ७ सय ६८ रकम गरी प्रत्यक घर परिवारलाई जम्मा १० हजार ६ सय ३४ रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको छ । वल्ड भिजन इन्टरनेशनल नेपाल र रिलिफ नेपालको सहयोगमा अन्य खाद्य र गैर खाद्य सामाग्री वितरण गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते