४५ औँ विश्व पर्यटन दिवस सिन्धुलीमा पनि मनाइएको छ । हरेक वर्ष २७ सेप्टेम्बरमा मनाइने विश्व पर्यटन दिवसको अवसरमा सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कालीमाई मन्दिर सरसफाई गरिएको छ । होटल तथा पर्यटन ब्यवसायी संघ सिन्धुलीको आयोजनामा कालीमाई मन्दिर सरसफाई गरिएको हो ।
होटल तथा पर्यटन ब्यवसायी संघ सिन्धुलीका अध्यक्ष सिताराम पहाडीको अध्यक्षता तथा संघका पदाधीकारी, होटल तथा पर्यटन ब्यवसायीहरु, समाजसेवि, उद्योग वाणिज्य महासंघका प्रतिनिधी, सूनचाँदी ब्यवसायी संघका प्रतिनिधी लगायतको उपस्थितीमा जिल्लाको धार्मीक स्थल कालीमाई मन्दिर सरसफाई गरिएको जनाइएको छ ।
सिन्धुली जिल्लामा धार्मिक तथा पर्यटकीय स्थलहरु धेरै भएपनि पर्यटन विकासमा सरोकारवाला निकायहरुले खासै चासो नदेखाएकाले अव पर्यटन विकासको क्षेत्रमा होटल तथा पर्यटन ब्यवसायी संघ सिन्धुलीले अगुवाई गर्ने होटल तथा पर्यटन ब्यवसायी संघ सिन्धुलीका अध्यक्ष सिताराम पहाडीले बताउनुभयो ।