अविरल वर्षासँगै सुनकोशीमा आएको बाढीले सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोटको तल्लो बजारका घर डुबानमा परेका छन् ।
बिहिबार देखि परेको वर्षाका कारण सुनकोशी नदिमा आएको बाढीले खुर्कोटका घरहरु डुबानमा परेका हुन् । निरन्तर परेका बर्षाको कारण खोलामा जलसहत निकै बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार नदिमा आएको बाढीले यहाँका ७० घर डुबानमा परेका छन् । बाढीले शसस्त्र प्रहरीको विपद व्यवस्थापन वेस सहित पसलहरु डुबानमा परेका छन । जिल्ला प्रशासन कार्यालयले भारी वर्षा भइरहेकाले नदी तटीय र पहिरा जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
भिजिटर संख्या : 328