राजस्व बाँडफाँट तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली । राजस्व बाँडफाँट तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धमा स्थानीय तहसँग अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ । बागमति प्रदेशका सचिव कृष्ण प्रसाद मैनालीको अध्यक्षता तथा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका मन्त्री कुन्दन राज काफ्लेको प्रमुख आथिथ्यतामा कार्यक्रम संचालन गरिएको हो ।

__________ बिज्ञापन____________

प्रदेश र स्थानीय  तह बिचमा हुने राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणका विभिद विषयमा समान्तरलाई कायम गरी आपसी सम्बन्ध सुमधुर बनाई सहकार्य र सहर्जता ल्याउने कार्यक्रमको उद्देश्य रहेको छ ।

बागमती प्रदेशको आर्थिक अवस्था कुल ग्राहस्थ उत्पादन ५७ खर्व ४ अर्व ८४ करोड रहेकोमा बागमती प्रदेशको २० खर्व ७४ अर्व २७ करोड अर्थात ३६.३६ प्रतिशत र उत्पादनमूलक उद्योगको उत्पादनमा बागमती प्रदेशको प्रदेशगत हिस्सा सबैभन्दा बढी ३६.२ प्रतिशत रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत होम नाथ रिजालले बताउनु भयो ।

त्यस्तै स्थानीय तहसँग सम्बन्धित महत्वपूर्ण कार्यहरुमा प्रदेश सरकारले सवारी साधनहरु बाट संकलन गरेको राजस्वको ४० प्रतिशत रकम मासिक रुपमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम स्थानीय तहलाई बाँडफाँट गर्ने गरिएको । विज्ञापन कर सम्बन्धी नमुना कानुन तर्जुमा सम्पन्न गरी बागमती प्रदेश भित्रका ११९ वटा स्थानीय तहहरुमा पत्राचार गरिएको । विनियोजित बजेट बमोजिम वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान स्थानीय तहलाई हस्तातरण गरिएको र उत्पादनमा आधारित दुधको अनुदानलाई स्थानीय तहमार्फत हस्तान्तरण गर्नका लागि सशर्त अनुदानमा विनियोजन गरिएको उहाँले बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा सिन्धुलीको ९ वटै स्थानीय तहमा ढुङ्गा गिटी बालुवाको ठेक्का नलागेको, यसलाई कसरी समाधान गर्ने, चितवन र काठमाडौँलाई हेरेर दरको मापदण्ड निर्धारण गरिएको र त्यसैमा सिन्धुलीका ९ वटै स्थानीय तहलाई समस्या भएकाले यसलाई कसरी समाधान गर्नेे, प्रदेश सरकारले यसका लागि कस्ता कानुन बनाउने बनाएको कानुनको कार्यान्वयन गर्नुपर्ने र नभए कानुन बनाउने अधिकार स्थानीय सरकारलाई दिनुपर्ने जस्ता विविध कुराहरुमा छलफल गरिएको छ ।

कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका मन्त्री कुन्दन राज काफ्लले स्थानीय तहले आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि लगायत यातायातको क्षेत्रमा कसरी लगानी गर्दा भरपर्दो बनाउन सकिन्छ भन्ने योजना पेश गर्नुपर्ने बताउनुभएको छ । प्रदेशका गौरवका योजनाहरू प्रदेशले गर्न सक्ने कार्यको अध्ययन गरि कति लगानी गर्न सक्छ भन्ने कुराको अध्ययन गरेर मात्रै लगानी गर्ने बताउनु उहाले बताउनुभयो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशका मन्त्री कुन्दन राज काफ्ले, बागमती प्रदेश सरकारका पूर्व मन्त्री एवम् बागमती प्रदेश सभाका सदस्य गंगा नारायण श्रेष्ठ, प्रदेशका सचिव कृष्ण प्रसाद मैनाली, प्रदेश सभा सदस्य रामकुमार पहाडी, शुष्पा भुजेल न्यौपाने, मातृका प्रसाद भट्टराई, जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामा, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी, जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, बिभिन्न गाउँपालिकाका अध्यक्ष, दुधौली नगरपालिकाका उपप्रमुख, गाउँपालिकाका उपाध्यक्ष, विभिन्न पालिकाका प्रमुख प्रसाशकीय अधिकृत तथा प्रतिनिधी कर्मचारी, प्रदेश लेखा नियन्त्रक, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका प्रमुख कोष नियन्त्रक, करदाता सेवा कार्यालय सिन्धुलीका कार्यालय प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते