सिन्धुली। नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरु एकतावद्ध हुनुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी नेपाल, सिन्धुलीले सोमबार सिन्धुली माडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडी बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“अहिले देशमा देखिएको संकटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुराए देशलाई कसरी बचाउने भन्ने गम्भिर प्रश्न आउँछ । त्यसकारण पनि राष्ट्रिय शक्तिहरु एकतावद्ध हुनुपर्छ। नेकपा एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रुपमा परिणत गछौँ ।”
देशमा रहेका राष्ट्रिय शक्तिहरु मध्यमा नेकपा एमाले अगाडी रहेको जिकिर गर्दै उहाँले यसलाई निर्णायक ठाउँमा पुर्याउने पार्टीको अडान रहेको धारणा राख्नुभयो । एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा परिणत गर्न देशव्यापी रुपमा पार्टी सुदृढ गर्ने, पार्टीपङ्तीलाई अगाडी बढाउने र भएका कमी कम्जोरीहरुलाई सुधार गर्ने अभियान चलिरहेको उहाँले सुनाउनुभयो ।
एमाले निर्णयक राष्ट्रिय शक्ति बनेर अरु राष्ट्रिय शक्तिहरुलाई राष्ट्रको स्वाभिमान, स्वतन्त्रता, स्वाधिनता, अखण्डको पक्षमा उभ्याउने उहाँको भनाई थियो ।
यसैबिच उहाँले नेपालमा कांग्रेस र कम्युनिष्टहरुको दुई आयामिक सम्बन्ध रहेको उल्लेख गर्नुभयो । अफ्ट्यारो र संकटको अवस्थामा सहकार्यको परम्परा र राज्य संचालनमा प्रतिष्पर्धा हुने गरेको विचार व्यक्त गर्नुभयो ।
‘अहिलेको संकट टार्न र मुलुकको परिस्थिती थप नविग्रियोस् भन्नका लागि एक ठाउँमा आएर साँझा सहमतिका साथ अगाडी जानु पर्छ भनेर अहिलेको समिकरण बनेको हो, एमालेका कार्यवहाक अध्यक्ष पोखरेलले भन्नुभयो, “अब आउने निर्वाचनमा पतिष्पर्धा गदैनौँ भन्ने होइन, हामी चुनाव हुनु अघि नै गठबन्धनको पक्षमा हुनौँ । यो हाम्रो क्लिएर धारणा छ ।”
मुलुकमा अत्यन्त ठुलो संकटतथा राजनीतिक अस्थितरताले जरजर बनेकाले अहिलेको परिस्थितिको माग र जनताको चाहनाका कारण कांग्रेस र कम्युनिष्ट बिचको एकताभएको उहाँको भनाई थियो ।