सिन्धुली । हेफर ईन्टरनेशनल स्थापनाको ८० औँ वार्षिक उत्सव सिन्धुलीमा मनाइएको छ । हेफर इन्टरनेशनलका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत सुरीता सेन्दोसामको अध्यक्षता तथा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा ८० औं वार्षिक उत्सव मनाइएको हो ।
कार्यक्रमको अवसरमा ‘पासिङ्ग अन द गिफ्ट’ (उपहार हस्तान्तरण) कार्यक्रम अन्तर्गत कमलामाई नगरपालिकाका कृषकहलाई ११ वटा कोरीयन बाच्छीहरु उपहार प्रदान गरिएको छ । नेपाल सरकार सँग मिलेर ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको हेफर इन्टरनेशनलले नेपालको दुग्ध क्षेत्रलाई पूर्णरुपमा रुपान्तरण गरि आधुनिक बनाउने लक्ष्य लिएको छ ।
हेफरले साना किसानहरुलाई समुदायमा भोकमरी र गरिबीको अन्त्य गर्न योगदान गर्दै आएको ८० वर्षे यात्रा पूरा गरेको सुखद् अवसरमा उपहार हस्तान्तरण गरिएको जनाएको छ । नेपाल सरकार सँग मिलेर ‘मिल्की वे’ परियोजना सञ्चालन गर्दै आएको हेफर इन्टरनेशनलले नेपालको दुग्ध क्षेत्रलाई पूर्णरुपमा रुपान्तरण गरी आधुनिक बनाउने लक्ष्य लिएको छ । उक्त कार्यक्रमले साना किसानलाई फाइदा पुर्याउँदै दुग्ध उत्पादनको क्षमता समेत अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
‘मिल्की वे’ परियोजना अन्तर्गत कमलामाई नगरपालिका ४ र ५ स्थानीय किसान परिवारलाई ८१ वटा होलिस्टिन जातका गाईहरु उपलब्ध गराइएको थियो । परियोजना अन्तर्गत कमलामाई नगरपालिकामा ‘मोडेल डेरी भिलेज’ स्थापना समेत गरिएको छ । कार्यक्रमको अवसरमा बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले भने मिल्की वे कार्यक्रम अन्तर्राष्ट्रिय सहयोगको उत्कृष्ट उदाहरण भएकाले यसले सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभएको छ ।
कार्यक्रममा हेफर इन्टरनेशनलकी सीईओ सुरिता सन्दोशमले हेफर इन्टरनेशनलको ८० औँ वार्षिकोत्सव मनाउँदै गर्दा समुदायको शक्ति र उपहार हस्तान्तरणको गहिरो प्रभावलाई सम्झीएको बताउनुभएको छ । कमलामाई नगरपालिकामा भएको यो कार्यक्रम हाम्रो कार्यको परिवर्तनकारी शक्ति र दीर्घकालीन उदारताको भावनाको प्रमाण पनि भएको उहाँको भनाई छ ।
कार्यक्रममा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले कोरियाली गाईहरूको आगमन सँगै नगरपालिकाको मासिक दूध उत्पादन गत वर्षको तुलनामा दोबरले बढेको बताउनुभएको छ । नगरपालिकामा २७ हजार लिटर दुध उत्पादन हुदै आएकोमा ५५ हजार लिटर भएको उहाँको भनाई छ । उहाँले हेफर सँगको सम्बन्धले समृद्विको एउटा महत्वपूर्ण सहयात्री प्राप्त गरेको बताउँदै भविष्यमा यो सहकार्यलाई थप दरिलो र फलदायी बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।