सिन्धुलीमा चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकको प्रतिवद्धता सुरु

सिन्धुली । सिन्धुलीमा चाडपर्व लक्षित सवारी दुर्घटना न्युनिकरणका लागि सवारी चालकलाई प्रतिवद्धता गराउन सुरु गरीएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालकहरुलाई प्रतिवद्धता गराउन सुरु गरेको हो ।

__________ बिज्ञापन____________

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख गोबिन्द राज काफ्लेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सवारी चालकहरुको प्रतिवद्धता कार्यक्रमको उद्धघाटन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सवारी चालकको प्रतिबद्धता कार्यक्रम अन्तर्गत सवारी चालकहरूलाई सिकाउने, अनुभव गराउने, जानकारी गराउने, प्रतिवद्धता गराउने र आफ्नो सुरक्षा बारे सचेतनामूलक जानकारी गगराइने छ । सार्वजनिक सवारी साधनहरूको हकमा जिल्ला स्थित बसपार्कहरुमा रहेका सवारी चालकहरुलाई र मोटरसाइकल चालकहरूको लागि राजमार्गमा सुरक्षित तथा उपर्युक्त स्थानमा चालकहरूलाइ ट्राफिक प्रहरीहरू बाट भेला गरी निरन्तर रूपमा जानकारी गराइने जनाइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले सडक सुरक्षा र यात्रु सुरक्षाको विषय ३६५ दिन कै विषय भएकाले चाडपर्वका अवसरमा सडक सुरक्षा र यात्रु सुरक्षाको विषय झनै संवेदनशिल रहेको बताउनुभएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले चाडपर्व लाई लक्षित गरेर दुर्घटना न्युनिकरण अभियान चलाईएकाले सरोकारवाला पक्ष सबैलाई यस अभियानमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते