सिन्धुलीको कमलामाई नगरपालिका ६ लाई बालमैत्री वडा घोषणा

सिन्धुली । राष्ट्रिय बाल दिवसको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका ६ नम्बर वडालाई  बालमैत्री वडा घोषणा गरिएको छ । वडाले सञ्चालन गरेको एक औपचारिक कार्यक्रममा सङ्घीय सांसद माननीय श्याम कुमार घिमिरेले कमलामाई नगरपालिका ६ नम्बर वडालाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । कार्यक्रममा बोल्दै उहाँले  सिन्धुली जिल्लामा कमलामाई नगरपालिका ६ नम्बर वडा  बालमैत्री वडा घोषणा गर्ने छैटौँ वडा भएको बताउनु भयो । यसले जिल्लाको सबै वडालाई बालमैत्री वडा घोषणा गर्ने अभियान सहयोग पुगेको बताउनु भयो । त्यस्तै उहाँले अभिभावकहरूले आफ्नो बालबालिकालाई दिनु पर्ने सबै अधिकारहरू दिनु पर्ने र सामाजिक रुपमा सम्पूर्ण बाल अधिकार सम्बन्धी सचेतना जागृत गर्न बालमैत्री वडा घोषणाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

__________ बिज्ञापन____________

कमलामाई नगरपालिका ६ नम्बर वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ कार्यान्वयन कार्यविधि २०६८ बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७६ र बालमैत्री स्थानीय शासन घोषणा  कार्यविधि २०७९ ले निर्दिष्ट गरेको सबै  सूचकहरू र मापदण्डहरू पुरा गरेपछि  वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । यो कमलामाई नगरपालिक सिन्धुलीको पहिलो बालमैत्री वडा र सिन्धुली जिल्लाको  छैटौँ बालमैत्री वडा हो यस अघि सिन्धुलीको तीनपाटन  गाउँपालिकाको चार वटा वडा र फिक्कल गाउँपालिकाको एउटा वडा बालमैत्री वडा घोषणा भइसकेको छ ।

कमलामाई नगरपालिका ,वडा, बालक्लब,युवा तथा किशोर किशोरीहरु ,टोल विकास संस्था सरकारी तथा गैरसरकारी सङ्घसंस्था , नागरिक समाज, प्रहरी , विद्यार्थी , अभिभावक,पत्रकार  लगायत सबै सरोकारवाल निकायको सहयोग , समन्वय र सहकार्यमा कमलामाई नगरपालिका ६ नम्बर बालमैत्री वडा घोषणा गरिएको र यसलाई निरन्तरता दिने सबै सरोकारवाला निकायहरूले प्रतिबद्धता जनाएका छन् । त्यस्तै‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज ६० औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । अघिल्लो वर्ष पनि बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै यही नाराका साथ दिवस मनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते