सिन्धुली । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीको तीनपाटन गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नारा सहित तीनपाटन गाउँपालिकाको आयोजनामा तीनपाटन ११ स्थित मा.वि. लाम्पान बतासेमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
मा.वि. लाम्पान बतासेका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर तामाङको अध्यक्षता तथा तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर नेगिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तीनपाटन गाउँपालिका ११ का वडा सदस्य जगत कुमारी सार्की, भागादसी पोख्रेल, प्रहरी, बिद्यालय ब्यवस्थापन समितिका पदाधीकारी, शिक्षक बिद्यार्थी, बाल संजाल, शिक्षक अभिभावक संघ, महिला संजाल लगायतको उपस्थितीमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा तीनपाटन गाउँपालिकामा आत्महत्याको सवाल र रोकथामका लागि कसरी अगाडी बढ्ने भन्ने योजना बनाउने लगायतको बिषयमा छलफल गरिएको छ । तीनपाटन गाउँपालिका अन्तर्गत सामुदायिक बिद्यालयहरुको प्राथना सत्रमा सम्बोधन गर्दै आत्महत्याको बिषयमा खुलेर कुरा गर्नुपर्ने निकर्ष निकालिएको तीनपाटन गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता पोष्टराज भण्डारीले जानकारी दिनुभयो ।