सिन्धुलीमा विश्व आत्माहत्या रोकथाम दिवसको अवसरमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना

सिन्धुली । विश्व आत्माहत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीमाढीमा अभिमुखीकरण तथा अन्तरक्रिय कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नारा सहित आत्माहत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी पत्रकार तथा सरोकारवाला हरुसंग अन्तरक्रिया गरिएको हो ।

__________ बिज्ञापन____________

कार्यक्रममा आत्महत्याको कारण, संकेत, आत्महत्याको सम्भावित लक्ष्यण, आत्महत्याको अवस्था, आत्महत्याको रोकथामको प्रयासहरु, रोकथाममा समस्या र चुनोतीहरु ल्गायतके बिषयमा सिन्धुली अस्पतालकी मेडिकल अधिकृत डाक्टर अर्पणा कार्कीले प्रस्तुतिकरण राख्नुभएको थियो ।

विश्वभर अत्महत्याको घटना बिद्यमान रुपमा भएकाले आत्महत्या गर्नेमा नेपाल विश्वभरमा ७ औं स्थानमा रहेको उहाँले बताउनुभयो । नेपालमा सबैभन्दा धेरै आत्महत्या हुने पहिलो जिल्ला इलाम र दोस्रोमा सिन्धुली रहेको छ ।

सिन्धुलीमा गएको आर्थिक बर्ष २०८०÷८१ मा ८१ जनाले आत्महत्या गरेका छन् । कार्यक्रममा एकद्धार संकट ब्यवस्थापन केन्द्र ओसिएमसी सिन्धुलीकी घटना ब्यवस्थापक सुनिता शर्माले ओसिएमसीमा आउने हिंसाका घटनाको प्रकार ओसिएमसि बाट प्रवाह हुने सेवा लगायतको बिषयमा जाकारी गराउनुभएको छ ।

आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले सङ्केत मार्फत् पूर्व जानकारी दिने हुनाले परिवार वा नजिकका आफन्त तथा साथीले ध्यान दिएर बेलैमा सावधानी अपनाएमा आत्महत्याको जोखिम टार्न सकिने बताइएको छ ।

आत्महत्या गर्ने ९० प्रतिशत मानीस मानसिक स्वास्थ्यको कारण आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । मनोपरामर्श र उपचार गर्यो भने रोग मानसिक रोग ठीक हुने र आत्महत्या पनि रोक्न सकिने डाक्टरका भनाइ छ ।

सामुहिक तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते