सिन्धुली। राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत चयन हुनुभएको छ । बुधबार सिन्धुलीमाढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशन बाट अध्यक्ष नेपाली सहित सात सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।
नयाँ कमिटीको उपाध्यक्षमा पुन सुनिता दर्नाल दोहोरिनुभएको छ । त्यस्तै सचिवमा गंगा विशुंखे, सहसचिवमा आस्था विश्वकर्मा, कोषाध्यक्षमा विशाल सतशंकर, सदस्यहरु देविका विश्वकर्मा र ग्रिस्मा दियाली चयन भएको संघले जानकारी दिएको छ । यसअघि जिल्ला शाखाका अध्यक्ष राजन नेपालीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन संघका केन्द्रीय सदस्य राजन गाउँलेले गर्नुभएको थियो ।
दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा केन्द्रिय सदस्य राजन गाउँलेले मूलधारको पत्रकारितामा दलित समुदायको उपस्थिति बढाउन विभिन्न चुनौती रहेको बताउनुभएको छ । पत्रकारितामा दलित पत्रकारहरुको उपस्थिति बढाउनकै लागि दलित पत्रकार संघ स्थापना भइ काम गरिरहेको उहाँले बताउनुभयो ।