सिन्धुली । सिन्धुलीको कमलामाई ६ पानीट्यांकीमा डेरा गरी बस्ने एक महिलाको मृत्यु भएको छ । गएराती खाना खाएर सुतेकी दुधौली नगरपालिका ३ झुगा घर भई पानीट्यांकीमा डेरा गरी बस्ने अन्दाजी ३५ वर्षिय जानुका माझीको मृत्यु भएको हो ।
खाना खाएर राती ९ महिने छोरा र ६ वर्षकी छोरी सँगै सुतेकी माझी बिहान अचेत अवस्थामा भेटिएको र छिमेकीले सिन्धुली अस्पताल पुर्याए पश्चात चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
छोरीले आमा भनेर बोलाउदा नबोले पछि रोईकराई गरेको र बिहान छिमेकीले थाहा पाएर हेर्दा अझेत अवस्थामा भटेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक माझीका श्रीमान रोजगारीका शिलशिलामा विदेशमा रहेको प्रहरीको भनाई छ ।
भिजिटर संख्या : 132