सिन्धुली, भदौ ११, २०८१ मंगलबार । कमलामाई नगर स्तरीय लैङ्गीक हिंसा नियन्त्रण सञ्जाल पुनर्गठन गरिएको छ । कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाको संरक्षकत्व रहने गरी जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरासियाको संयोजकत्वमा नगर स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल पुनर्गठन गरिएको हो ।
कमलामाई नगरपालिकाकी उप्रमुख मन्जु देवकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा नगर स्तरीय लैङ्गीक हिंसा नियन्त्रण सञ्जाल पुनर्गठन तथा समिक्षा बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिती सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले समाजमा महिलाहरु मात्रै नभएर पुरुषहरु समेत हिंसामा पर्ने गरेकाले महिला, पुरुष, बालबालिका, जेष्ठ नागरीक जुनसुकै अवस्थामा पिडितहरुलाई न्याय दिलाउन सुसासनको क्षेत्रमा सबै सरोकालवालाहरु मिलेर एकजुट भएर काम गर्नु पर्ने बताउनुभएको छ ।
त्यस्तै कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भन्ने लक्ष लिई अगि बड्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले समाजमा हुने विभिन्न विभेद, घटनाहरुको अन्त्य गर्न लैङ्गीक हिंसा नियन्त्रण सन्जाल अभियानले सहयोग पु¥याउने बताउनु भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले लैङ्गीक हिंसा नियन्त्रण सञ्जाल तथा पुनर्गठन कार्यविधिको अधिनमा रहि लैङ्गीक हिंसाको क्षेत्रमा जिल्ला प्रहरी कार्यालयले सम्बन्धीत सरोकालवालाहरु संग सहकार्य गरेर रोकथाम तथा नियन्त्रण गर्ने बताउनुभएको छ ।
कार्यक्रममा जिल्ला समन्वय सिन्धुलीकी उपप्रमुख शान्ता कार्कि, कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा, जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्ले, रिलीफ नेपाल सिन्धुलिका अध्यक्ष दुर्गा राज पौडेल, लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थीति रहेको थियो ।