सिन्धुलीको कमलामाई नगरपालिका–१ कोप्चे सिम्ले गाउँमा जमिन धाजा परेपछि सिङ्गो हायुबस्ती जोखिममा

सिन्धुलीको कमलामाइ नगरपालिका–१ कोप्चे सिम्ले गाउँमा जमिन धाजा परेपछी जोखीममा रहेको सिङ्गो हायुबस्तीको स्थलगत निरिक्षण गरिएको छ । जोखिममा रहेका घरपरिवारको कमलामाइ नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, नेपाली सेना, प्रहरी र वडा प्रतिनिधी सहितको टोलिले आज स्थलगत निरीक्षण गरेको हो । निरीक्षणपछि कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जोखिममा रहेका घरपरिवारलाई तत्कालै सुरक्षित स्थानमा राख्ने कुरामा नगरपालिकाले कुनै कसर बाकी नराख्ने बताउनुभयो ।

__________ बिज्ञापन____________

जोखिममा रहेको बस्तीलाई स्थान्तरण गर्ने सम्बन्धमा तत्काल जिल्ला दैबी प्रकोप ब्यबस्थापनको मिटिङ राखेर उचित निर्णय गरि अघि बढ्ने उहाँको भनाई छ ।  जमिन धाजा परेको स्थानमा रहेका घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको कमलामाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सागर कुमार ढकालले बताउनुभयो ।

नगरपालिकाले तत्काल रोकथामको प्रयास अघि बढाएको जनाउँदै दीर्घकालीन रोकथामका लागि ठूलो बजेट आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले यसको लागी सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जमिन धाजा परेपछि उक्त समुदायको १५ हायु परिवार जोखिममा परेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते