सिन्धुलीमा चट्याङ लागेर एक महिलाको मृत्यु

सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका वडा नम्बर–१ शिखर बस्ने छलिमाया थिङको मृत्यु भएको हो ।

__________ बिज्ञापन____________

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हरिहरपुरगढी–३ माडी स्थित खेतमा धान गोड्ने क्रममा चट्याङ लागेर हरिहरपुरगढी–१ शिखरकी ४० वर्षीया थिङको घटनास्थलमा नै मृत्यु भएको हो ।

Shivam Cement

चट्याङ लागेर अन्य २ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा हरिहरपुगढी–१ शिखर बस्ने वर्ष ४० वर्षीया लुकुमाया रुम्बा र उनकी छोरी १८ वर्षीया सुशिला रुम्वा रहेकी छिन् । चट्याङ लागेर लुकुमायाको दाहिने खुट्टा, जिउ, टाउको र मुटु दुख्ने समस्या देखिएको छ भने सुशिलाको कान नसुन्ने, टाउको, शरिर दुख्ने समस्या देखिएको छ । उनीहरुको अवस्था मध्यम रहेको र मकवानपुरस्थित लामा पोलिक्लिनिक्समा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय कपिलाकोटबाट ४० किलोमिटर पश्चिम पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते